पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन १३ गते, शुक्रबार १५:५५ मा प्रकाशित

मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ । सोही अवधिमा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ९ हजार २८० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।