९ मंसिर २०८१, आईतवार
साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७।७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
दिनभर भएका ४९ हजार ६ सय ७० कारोबारबाट २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ भएको छ ।
बजार घटेपनि हाइड्रोपावर कम्पनीहरु र अन्य समूहमा रहेका केही कम्पनीहरुको सेयर मूल्य भने राम्रै बढेको छ । धेरै बढ्नेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर पहिलो नम्बर देखिएको छ । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले बढेको छ ।