१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । सोही अवधिमा ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ५१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।