बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

होमल्याण्ड खबर

२०७८ फाल्गुन १८ गते, बुधबार १६:२४ मा प्रकाशित

सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले यस पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।