१ जेष्ठ २०८३, शुक्रबार
काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना घरभित्र बेहोस अवस्थामा भेटिएकामध्ये चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । एक जनाको भने मृत्यु भएको छ । उनीहरूलाई प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि पुर्याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो ।
घटनामा ६२ वर्षीय इन्दिरामाया, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था गम्भिर रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । काठमाडौँ डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकदेखि रामकोटमा डेरामा बस्दै आएका थिए ।


घटना स्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । नोटमा उनीहरूले ‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ’ लेखेका थिए । घटना आर्थिक अवस्था बिग्रिएपछि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।