बर्दियामा आगलागी, एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २५ गते, बुधबार १२:४९ मा प्रकाशित

बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा मंगलबार राति आगलागी भएको हो । आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले दिएको जानकारी अनुसार मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको हो । आगलागी भएको समयमा चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताए ।

प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १०ः५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले बताए