संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २६ गते, बिहीबार ०९:१० मा प्रकाशित

संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।