आजदेखि फागुपर्व सुरू

होमल्याण्ड खबर

२०७८ फाल्गुन २६ गते, बिहीबार १२:४० मा प्रकाशित

आजबाट होली पर्व सुरु भएको छ । होली भन्दा वित्तिकै रङ्गहरुको पर्व भन्ने बुझिन्छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएर होली पर्वको सुरु गरिएको हो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्वको विधिवत सुरु भएको छ ।

आज विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका छन् ।