१ जेष्ठ २०८३, शुक्रबार
संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ। बस संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको थियो ।


मृत्यु हुने चालक चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराई रहेका छन्। दुर्घटनामा मादी नगरपालिका– ६ की अञ्जना कटवाल, ईन्द्रबहादुर अधिकारी, दीक्षा कटवाल, मादी नगरपालिका–५ का दीपक दाहाल, श्याम शेर्पा, भवानी दाहाल, आइतबहादुर तामाङ र सविता राउत कार्कीको पनि मृत्यु भएको छ । एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते भएका पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।