ताप्लेजुङमा आगोलागीबाट एक महिलाको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २७ गते, शुक्रबार १०:४४ मा प्रकाशित

ताप्लेजुङ सदरमुकाममा लागेको आगोबाट एक महिलाको मृत्यु भएको छ । सदरमुका फुङलिङ बजारमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास लिक भएर आज बिहान ८ बजेदेखि आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगोमा परी घाइते भएकी वृद्धालाई अस्पताल पठाउने क्रममा मृत्यु भएको हो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणमा लिन शसस्त्र प्रहरी प्रहरी, सेना, स्थानीय र दमकलसहितको टोली खटिएका थिए ।