पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ फाल्गुन २७ गते, शुक्रबार १५:४६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ । सोही अवधिमा १ लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार २१२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।