पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ फाल्गुन २९ गते, आईतवार १७:२२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५९ जना र १ हजार ५४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८७९ पुगेको छ । सोही अवधिमा ८८ हजार ४८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ४ हजार ९१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।