भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

होमल्याण्ड खबर

२०७८ चैत्र १ गते, मंगलवार १५:१९ मा प्रकाशित

भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको छ । बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भइ मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

ठिमीको एक प्रहरी अधिकृतका अनुसार होटलमा कामदारको रुपमा रहेकी किशोरीमाथि होटल मालिकले जबरजस्ति करणी गरेका हुन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।