९ मंसिर २०८१, आईतवार
बर्जर पेन्टस् नेपाली बजारमा बढि रुचाइएको पेन्टस् मध्यको एक हो । नेपाली ग्राहकको रोजाइ अनुसारको विभिन्न प्रकारको विश्वस्तरीय रङ उत्पादन तथा वितरण गरेर ग्राहकको मन जितेको बर्जर पेन्टस्, नेपालमा अत्याधुनिक दुुईवटा उत्पादन प्लान्ट रहेको कम्पनी मात्रै नभई नेपालको नम्बर एक विश्वसनीय ब्राण्ड रुपमा छुट्टै परिचय बनाएको छ । बर्जर पेन्टस् इन्डिया लिमिटेडको वैदेशिक लगानीमार्फत नेपाल भित्रिएको यो बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल सन् २००० देखि डेकोरेटिभ पेन्टस् उत्पादन तथा बिक्री वितरणमा संलग्न छ र नेपालको साथै बंगलादेश, रसिया, पोल्याण्डमा पनि यसको उपस्थिति रहेको छ ।
नेपालमा प्रचलित पेन्ट्स कम्पनीहरुका बीच बर्जर पेन्टस् शीर्ष र दरिलो उपस्थिति जनाउन सफल रहेको कम्पनीको दाबी छ । बदलिंदो परिस्थितिमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी रंगहरुमा नवीनतम उत्पादन तथा सेवाहरुबाट ग्राहकहरुलाई सन्तुष्ट बनाएको यस कम्पनीको भक्तपुर पछि हेटौंडामा दोस्रो विश्वस्तरीय स्टेट अफ द आर्ट प्लान्ट सञ्चालनमा छ ।
नेपालमै सर्वाधिक लोकप्रिय बाहिरी सतहको लागि बर्जरको वेडरकोट पेन्टस् बर्जरको सबै उत्पादनहरु पर्यावरण र स्वास्थ्य मैत्री भएकोले यी ग्रिन प्रो सर्टिफाइड छन् ।
बाहिरी सतहमा सबैभन्दा आधुनिक प्रविधियुक्त पी।यू। तथा नानो सिलिकन टेक्नोलोजीमा आधारित बर्जरको वेदरकोट लङ्गलाईफ पेन्टस् बजारमा उपलब्ध छ । यसमा रहने पी।यू। रेजिनले पेन्टको पत्रलाई अत्यन्त बलियो बनाउँदछ, १० वर्षको पर्फमेन्स वारेन्टी रहेको यस पेन्ट बाहिरी भित्तामा लगाउँदा घरका भित्तालाई सुरक्षित राख्दै वर्षौसम्म घरको सुन्दरतालाई कायम राख्दछ ।
सर्वोत्तम बाहिरी पेन्टसको पर्यायको रुपमा चिरपरिचित वेदरकोट अलगार्ड नेपालको लोकप्रिय बाहिरी पेन्टस् हो । यसले घरका भित्ताहरुको चौतर्फी सुरक्षा गर्छ । नेपालका प्रमुख आर्किटेक्टदेखि भवन निर्माण कम्पनीहरुको पहिलो रोजाइमा पर्ने यस पेन्टले वर्षा याममा भित्ताहरुलाई सुरक्षित राखी लामो समयसम्म टिकाउपना प्रदान गर्दछ । यो पेन्ट लगाएपछि भित्ताको चिल्लोपनाले सतहमा धुलोहरु जम्मा हुन दिंदैन र वर्षाको पानीलाई भित्तामा टिक्न दिंदैन । बर्जरका वेदरकोट लङ्गलाईफ तथा अलगार्ड प्रिमियम एक्सटेरियर इमल्सन पेन्टसँगै पोपुलर सेग्मेन्टतर्फ वालमस्ता पेन्ट पनि उपलब्ध छन् ।