पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ चैत्र २ गते, बुधबार १७:०४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।