रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा

होमल्याण्ड खबर

२०७८ चैत्र ४ गते, शुक्रबार ११:०५ मा प्रकाशित

रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा विशेष उत्साहका साथ मनाइँदै छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो । फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ ।

होलीको अवसरमा तराइका जिल्लाहरुमा आज सार्वजनिक विदा समेत दिइएको छ । यसैविच जनकपुरधाममा भने भोलि शनिबार होली मनाइने भएको छ ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो। बिहीबार जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर्गृह परिक्रमा गर्ने छ र भोलि होली मनाइने छ ।