१ जेष्ठ २०८३, शुक्रबार
अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय प्रदान गरेको जनाइएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।

