न्याय सेवा आयोगको बैठक बस्दै, यी बिषयमा छलफल हुने

होमल्याण्ड खबर

२०७८ चैत्र ६ गते, आईतवार १२:०० मा प्रकाशित

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश कार्कीले आइतबार दिउँसो १ बजे बस्ने गरी आयोगको बैठक बोलाएका हुन् ।

न्यायसेवाका कर्मचारीहरुको सरुवा बढुवालगायत विषयमा छलफल गर्न आयोगको बैठक बोलाइएको जनाइएको छ ।

आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहेका छन् ।