१ जेष्ठ २०८३, शुक्रबार
ललितपुरमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै झण्डै आधा संख्याका युवा युवतीले आवेदन बुझाएका हुन् ।
प्रहरी परिसर जावलाखेलका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा आइतबार बिहान १० बजेबाट फारम खुलेको थियो । ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।


४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।