११ मंसिर २०८१, मंगलवार
यही भदौ १४ र १५ गते काठमाडाँैंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनले बिमस्टेकको बडापत्र निर्माण गर्ने भएको छ । सङ्गठन स्थापना भएको दुई दशक पुग्दा पनि बडापत्रबिना नै सङ्गठन अगाडि बढिरहेकोले यो शिखर सम्मेलन बडापत्रमा केन्द्रित हुने परराष्ट्रमन्त्रालयका उच्च अधिकारीको भनाइ छ ।
यस पटकको शिखर सम्मेलनमा बिमस्टेक वडापत्र बनाउने विषयमा सदस्य राष्ट्रहरूवीच छलफल गरी निष्कर्ष निकालिने र त्यसका लागि गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए ।
साथै, यो शिखर सम्मेलनमा अन्तरदेशीय प्रशारण लाइन, यातायता सन्जालको विस्तार, सदस्य राष्ट्रहरूवीच ब्यापार तथा लगानी विस्तार गर्ने, पूर्वाधार विकासका लागि कोष खडा गर्ने विषयमा छलफल गरेर घोषणापत्र जारी हुने तयारी भएको उनले जनाए ।
त्यसक्रममा केही दिनभित्रै घोषणापत्रको मस्यौदा पनि सरकारलाई प्राप्त हुने छ । बिमस्टेक सचिवालयले गत साता काठमाडौँमा सम्पन्न बिमस्टेक मुलुकका उच्च अधिकारीहरूको बैठकले अगाडि सारेको विषयवस्तुका आधारमा बिमस्टेकको काठमाडौँ घोषणापत्रको मस्यौदा गरिरहको छ ।
सम्मेलन तयारीका लागि भदौ १२ गतेदेखि नै नियमित बैठकहरू हुने छन् । त्यसक्रममा आरम्भमा बिमस्टेका विदेशसचिवहरूको बैठक बस्ने छ । गत साता विमस्टेका उच्च अधिकारीहरूको काठमाडौँ बैठकले जोड दिएको विषयहरूलाई नै विदेशसचिवहरूको बैठकले अगाडि बढाउने छ । विदेश सचिवहरूको बैठकले अगाडि बढाएका विषयवस्तुलाई विदेशमन्त्रीहरूको बैठकले शिखर सम्मेलनमा प्रस्तुत गर्न अन्तिम रूपमा दिने छ । ती सबै कार्यका लागि ढाकास्थित बिमस्टेक सचिवालयले समन्वय गर्ने छ ।