‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

होमल्याण्ड खबर

२०७८ चैत्र ७ गते, सोमबार १७:०३ मा प्रकाशित

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु। ५०,००० र प्रति दिन रु। १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।