१ जेष्ठ २०८३, शुक्रबार
दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एस्काभेटर पुरिएको छ । एस्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएका छन् । सल्यानको कपुरकोट–३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको पाइएको छ ।