देशभर यातायात व्यवस्था कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

होमल्याण्ड खबर

२०७८ चैत्र ९ गते, बुधबार १५:१२ मा प्रकाशित

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।