८ मंसिर २०८१, शनिबार
एनआईसी एशिया बैंकले प्राइम लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले बैंकका सबै शाखाबाट प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।
बैंकले हाल मुलुकभर २३७ शाखा कार्यालय, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।