९ मंसिर २०८१, आईतवार
साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दाहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ९ दशमलव ५५ अंकले घटेर ४७९ दशमलव ३९ विन्दु कायम भएको हो ।
शेयर बजारको अनुसार आज नेप्सेमा २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिद विक्रि भएको हो ।