गठबन्धन नहुँदा मैले बालबाल जितेको हुँ यार : प्रधानमन्त्री देउवा

होमल्याण्ड खबर

२०७८ चैत्र १४ गते, सोमबार १५:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले बालबाल निर्वाचन जितेको बताएका छन् । उनले ०७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल निर्वाचन जितेको बताएका हुन् । यस क्रममा प्रधानमन्त्री देउवाले अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने धारणा राखे । केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका नेताहरूले गठबन्धनमाथि टिप्पणी गरिरहँदा सभापति देउवाले यस्तो बताएका हुन् ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ देउवाले भने, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् ?’