त्रिवि सेवा आयोगको परीक्षामा किर्ते गर्ने ६ जनाविरुद्ध मुद्दा

होमल्याण्ड खबर

२०७८ चैत्र १५ गते, मंगलवार १७:२६ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अधिकारीले परीक्षाको परिणाम फेरबदल गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।

त्रिवि सेवा आयोग कार्यालयका प्राडा टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुख समेत ६ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

त्रिवि सेवा आयोगको कार्यालय त्रिविबाट २०७३ फागुन १८ मा प्रकाशित विज्ञापन नं। १८ ०७३०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत ९इन्जिनियर०, प्राविधिक अधिकृत ९कम्प्युटर०, मुख्य प्राविधिक सहायक ९कम्प्युटर०, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक ९कम्प्युटर० पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

उनीहरुले सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङक केरमेट गरेको, अंक थपघट गरी नतिजा फेरबदल गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।

उत्तर नलेखेकोमा समेत अंक प्रदान गरी उत्तीर्ण गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सेवा आयोगको कार्यालय त्रिविबाट लिइएको विज्ञापन नं। १८ ०७३ ०७४ अन्तर्गतका पदहरुको स्थायी पदपूर्तिका लागि लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको उजुरीपत्रमा उल्लेख छ ।