नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

होमल्याण्ड खबर

२०७८ चैत्र १६ गते, बुधबार १५:२२ मा प्रकाशित

त्रिकोणात्मक टी २० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरको क्षतिमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।

जसमा करणले ३ ओभरमा १६ रन मात्र खर्चिएका थिए भने लामिछानेले ४ ओभरमा २७ रन खर्चिए । यस्तै, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिएका थिए ।