८ मंसिर २०८१, शनिबार
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताए ।
उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाका अगुवाहरुले जानकारी दिएका छन्। रुरुक्षेत्र गाउँपालिकाका वासिन्दा तथा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाई पनि अब भने बलेटक्सारवासीको सपना पुरा गरिने बताए ।
बहुबर्षिय योजनामा परेको बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड समानान्तर ढंगले निर्माण हुने उनले बताए ।
बराल मन्त्री छँदा उनका स्वकिय सचिव रहे यता यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा विकास योजनाहरु थुप्रै स्थानमा पारेको स्थानीयवासीको भनाई छ ।