नेपालमा लगाइएको कर संसारमै सस्तो : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ भाद्र ६ गते, बुधबार १२:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगाइएको कर संसारमै सस्तो भएको बताएका छन् ।  विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै  प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

ओलीले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

उनले  स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्ने बताए  ।