इमरान खानले गरे पाकिस्तानको संसद् विघटन

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार १३:४८ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ ।

आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।