२३ फाल्गुन २०८२, शनिबार
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी ९पिएनजी०बीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुने छ। आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।
घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।


यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ ।