आयातमा थप कडा गर्दै राष्ट्र बैंक

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार १४:११ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आयातमा झनै कडाइ गरेको छ । विदेशी मुद्रा संचयन घट्दै गएर अर्थतन्त्र नै संकटोन्मुख हुन लाथेपछि राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि जारी गरिने प्रतीतपत्र एलसी नखोल्न बैंकहरुलाई कडा निर्देशन दिएको छ ।

सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरुसँग आकास्मिक छलफल गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकको सो निर्देशनले अब अत्यावश्यकबाहेकका वस्तुको आयातमा कडाइ हुने देखिएको छ । मुख्यतः गाडी तथा विलासिताका सामानहरुको आयातमा कडाइ गरिएको हो । यसको मार गाडी बिक्रेताहरुलाई बढी पर्ने र सवारीसाधन आयात केही समयका लागि ठप्प हुन सक्ने विश्लेषण गरिएको छ ।

मुलुकमा तरलता समेत अभाव भएकोले बैंकहरुलाई थप कर्जा विस्तार नर्गन समेत कडा कडा निर्देशन दिइएको छ । पछिल्लो समय एकातिर मुलुकमा तरलता अभाव भएर ब्याज बढ््दै गएको छ भने अर्कोतिर विदेशी मुद्रा सञ्चयन घटेकाले आयातमा कडाइ हुँदा महंगी समेत बढिरहेको छ । तर अर्थतन्त्रलाई संकटमा फस्न नदिन उक्त कदमहरु चालिएको जानकारहरु बताउँछन् ।