पल शाहलाई थुनछेक बहसका लागि लगियो नवलपुर

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार १५:३२ मा प्रकाशित

नाबालिग गायिकामाथि जबर्जस्तीकरणी अभियोगमा तनहुँ जिल्ला कारगारमा रहेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ।

मंगलबार विहान अभिनेता शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको हो । पीडितले चैत ३ गते नवलपुरमा पनि आफूमाथि जबर्जस्तीकरणी भएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशसँगै अभिनेता शाह पुर्पक्ष थुनामा छन् ।