पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार १७:०९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएका छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । सोही अवधिमा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ सय १२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।