भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित

होमल्याण्ड खबर

२०७५ भाद्र ६ गते, बुधबार १६:४६ मा प्रकाशित

जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाली भलिबल टिम आफ्नो पहिलो खेलमा पराजित भएको छ । बुधबार खेलेको खेलमा नेपाली टोलि चाइनिज ताइपेइसँग पराजित भएको हो ।

ताइपेइसँग नेपाल ३—० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेटमा राम्रो खेलेपनि अन्तिममा पराजित भयो । पहिलो सेटमा नेपालले २५—२३ ले गुमाएको थियो । त्यस्तै, दोस्रो र तेस्रो सेटमा २५—१९ र २५—१५ को सेटमा गुमाएको थियो ।

राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदिस भट्टले खेलको पहिलो सेट राम्रो खेलेपनि अनुभव लगायतका कुराहरुले पराजित हुनुपरेको बताएका छन् । पहिलो खेलमा पराजित भएपनि शुक्रबार हुने कोरियासँगको खेल सुधार हुने अपेक्षा गरिएको छ ।