३१ बैशाख २०८३, बिहीबार
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण देखिएको छैन ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ । सोही अवधिमा ५० हजार ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ सय ४७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।