११ मंसिर २०८१, मंगलवार
बिहीबार सेयर बजार बढेको छ। केही समय यता लगातार ओरालो लागेको नेप्से आज बढेको हो। आज सेयर बजारको परिसूचक ३५.६६ अंकले बढेर २,४६४.३१ पुगेको हो।
दिनभर जम्मा २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ ५३ पैसाको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा बढी हो।
कारोबार भएका कुल कम्पनीमध्ये १७४ कम्पनीको मूल्य बढेको छ भने जम्मा १७ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। अन्यको सूचक ३.५९ प्रतिशत, ट्रेडिङको २.६२ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.९२ प्रतिशत र फाइन्यान्सको १.३५ प्रतिशतले बढेको हो।
बिहीबार हिमालयन पावर पार्टनर र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। एनटिसीको ५.८१ प्रतिशत र एक्सेल विकास बैंकको ५.०५ प्रतिशतले बढेको छ। यीबाहेक अन्य संस्थाको सेयर भने ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, नबिल बैंकको ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँ ३० पैसा, प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख ७ हजार १५५ रुपैयाँ ३० पैसा, हिमालयन डिस्टिलरीको ६ करोड १८ लाख १३ हजार १३८ रुपैयाँ १० पैसा, शिवम् सिमेन्टको ५ करोड ६ लाख ५५ हजार ४०८ रुपैयाँ ३० पैसा र अरुन भ्याली हाइड्रोपावरको ४ करोड ८५ लाख ६५ हजार ४५८ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।