पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ चैत्र २९ गते, मंगलवार १६:४७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र १ हजार २१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । हाल नेपालमा ५ सय ५४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।