उनीहरुले देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायतका पाँच बुँदे सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।


सहमति–पत्र अनुसार परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउनेछ । साथै परिवार दलका उम्मेदवारलाई एमालेले पनि सहयोग गर्ने भएको छ ।
सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एमाले) र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपर्युक्त निर्णय गर्ने’, नेपाल परिवार दलका उम्मेदवारहरुरले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने ।’





