पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार १६:५४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ३६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७८८ पुगेको छ । हाल नेपालमा ५ सय २० जना सक्रिय संक्रमितहरुका रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४९ जना संक्रमितहरु निको भएका छन् ।