विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप ‘टिकटक’

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १५:४३ मा प्रकाशित

एजेन्सी । विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप ‘टिकटक’ले रेकर्ड तोडेको छ । टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

२०२२ को सुरुवात भएयता मात्रै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

एपको कूल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ । सन् २०१८ को सुरुवातदेखि नै अन्य कुनै पनि एपले कूल डाउनलोडमा यसलाई पछि पार्न सकेका नसकेको एनालिटिक्स फर्म सेन्सर टावरले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

१५ करोड १० लाख डाउनलोड सहित इन्स्टाग्राम दोस्रो धेरै डाउनलोड हुने एपमा परेको छ । यद्यपि एसियामा भने इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो नम्बरमा उभिएको छ ।

मेटा अन्तर्गतका तीन कम्पनी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबैभन्दा धेरै डाउनलोड हुने टप फाइभ एपको सूचीमा छन् । गुगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् ।