स्याङ्जा दुर्घटना अपडेट: ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो

होमल्याण्ड खबर

२०७९ बैशाख ४ गते, आईतवार १२:४२ मा प्रकाशित

स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप फिरफिरेमा पल्टिएको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ ।

जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।