छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेपछि गैंडाकोटको जनक कलेजमा आगजनी

होमल्याण्ड खबर

२०७९ बैशाख ४ गते, आईतवार १६:०२ मा प्रकाशित

गैंडाकोटको जनक कलेजका एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइफायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

४ दिनअघि एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन् । भिडियो देखाउने शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरूको माग छ । ती शिक्षकले कलेजको ल्याबमा छात्रालाई अश्लिल भिडियो देखाउँदै दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ ।

घटना घटेको चार दिन बितिसक्दा पनि कारबाही प्रक्रिया सुरु नभएपछि विद्यार्थीहरु आक्रोशित भएका थिए । आरोपित शिक्षकमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनीहरुले कलेज परिसरमा तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।