साताको पहिलो दिन २९ अंकले घट्यो सेयर बजार

होमल्याण्ड खबर

२०७९ बैशाख ४ गते, आईतवार १६:२६ मा प्रकाशित

साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २९.६० अंकले घटेर २३ सय ८५.६४ बिन्दुमा आइपुगेको छ ।

आइतबार कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार कारोबारमा आएका १२ वटै उपसूचक राताम्मे रहे ।

आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक करोबार हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो । नेस्डो समृद्ध लघुवित्तको सेयर सबै भन्दा धेरै १० प्रतिशतले बढ्यो भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घट्न पुग्यो ।

निरन्तर घटिहेको बजार आइतबार पनि २३ सय अंकको लाइनमा झरेको छ । घटेको बजारमा पनि आइतबार जलपा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्तका सेयर धनीले बजारबाट तीन देखि ४ प्रतिशतसम्मले कमाए ।

आइतबारको बजारमा उर्जासँगै, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर र नयाँ सारथी लघुवित्तका सेयर धनीले ५ प्रतिशत हाराहारीले बजारबाट गुमाउन पुगे ।