११ मंसिर २०८१, मंगलवार
निर्मला हत्याकाण्डमा आन्दोलन चलिरहेका बेला प्रहरीले समाचार सङ्कलन गरेको भन्दै कञ्चनपुरका तीन पत्रकारलाई कुटपिट गरेको छ । आन्दोलनमा हिरो भएर प्रहरीले कुट्दा फोटो खिचेको भन्दै प्रहरीले नेपाल टेलिभिजनका कञ्चनपुर समाचारदाता पदम बोहरा, रेडियो कञ्चनपुरका स्टेशन म्यानेजर कुण्दन पाण्डे र पवनदुत यातायात समितिका प्रेस सल्लाहकार महेशराज जोशीलाई प्रहरीले कुटपिट गरेको हो ।
उनीहरुले पत्रकार भएको र परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले कुटपिट गरेको बताएका छन् । उनीहरुलाई बिहिबार महेन्द्रनगरमा कुटपिट गर्नुका साथै प्रहरीले दुव्र्यवहार समेत गरेको छ ।
पत्रकार कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ र प्रेस युनियन कञ्चनपुरले घोर आपत्ति जनाउँदै कुटपिटको भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थी र प्रेस युनियन कञ्चनपुरका सचिव अमर बहादुर चन्दद्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले कुटपिट र दमनशैलीमा दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् ।
कञ्चनपुर प्रहरीले भने भिडभाडका बेला पत्रकार पहिचान नभएका कारण भित्र नियन्त्रणका क्रममा कुटिएको हुनसक्ने जनाएको छ ।
घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचारपछि घर पर्काइएको छ । यो घटनालाई प्रेसमाथि सरकारले दमन गरेको पत्रकारहरुको बुझाइ छ ।