उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने

होमल्याण्ड खबर

२०७९ बैशाख ७ गते, बुधबार १५:०२ मा प्रकाशित

उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको छ । आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने भएको हो ।

चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । कम्पनीको शेयरमा मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्ने छन् । बाँकी २४ लाख ९ हजार जनाको हात खाली हुने छ ।