३१ बैशाख २०८३, बिहीबार
ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार मृतकको नाम बिजु महतो हो । शाहका अनुसार रिफिल गर्ने क्रममा ३ वटा ग्यास सिलिन्डर विस्फोट भएको थियो । ७ जना घाइते भएका छन् ।


घाइतेमध्ये एक जनाको वीर अस्पताल र बाँकीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।