३१ बैशाख २०८३, बिहीबार
ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो ।


घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । अस्पतालले अन्य घाइतेहरुलाई डिस्चार्ज गरिसकेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।