३१ बैशाख २०८३, बिहीबार
कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आज आइतबार दिउसो आगलागी भएको हो । आगलागीमा कम्तिमा ७२ घर जले। नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानएको छ ।
गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पूरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको उनले बताए ।


आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।
आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सुरक्षा टोली घटनास्थलतर्फ गइरहेका छन् ।